घरायसी विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ
१३ भदौँ, रौतहट । दाङको तुलसीपुरमा हँसिया प्रहार गरेर आफ्नै श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका ३ सुन्दर टोलका ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी आज विहान हत्या गरेकी प्रहरीले जनाएको छ ।
आइतबार बिहान उनीहरुबीच घरायसी विवादका कारण झगडा हुँदा देवी कुमारीले श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । श्रीमानको हत्या गरेको खबर प्राप्त हुनसाथै घटनास्थलमा पुगेको प्रहरी टोलीले आरोपी पत्नीलाई हिरासतमा लिएको हो ।
पक्राउ परेकी उनीमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






