श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

   १३ भाद्र २०७८, आईतवार ११:०४  

१३ भदौँ, रौतहट । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि, श्रीमानले पासो लगाई आत्महत्या गरेका छन् ।

भोजपुर षडानन्द नगरपालिका ९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

शनिबार दिउँसो १ः३० बजेतिर भएको झगडामा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।

बालकको कुरा सुनेर स्थानीयबासीको घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनको श्रीमान् बुद्दीमान राई घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको पुगेका ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरीले जनाएको छ ।
घटना स्थलमा पुगेको प्रहरी टोलीले यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।