नेपालमा थपिए २,०६५ संक्रमित, २,३३७ जना कोरोनामुक्त

   ११ भाद्र २०७८, शुक्रबार १६:२९  

११ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८ हजार ७ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ५ सय ७७ जनाको रिपोर्ट पोजेटिभ आएको हो, भने ४ हजार ३ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, यो अवधिमा थप २ हजार ३ सय ३७ जनाले कोरोना जितेर डिस्चार्ज भएका हुन् । यसैबीच, कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २५ जनाले ज्यान गुमाएका छन् ।