पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता

   ११ भाद्र २०७८, शुक्रबार १४:००  

११ भदौँ, रौतहट । मनसुन सक्रिय भएसंगै निरन्तर भइरहेको अविरल वर्षाका कारण नवलपरासी पूर्वमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ माथिल्लो चारघरेमा शुक्रबार बिहान २ बजेतिर पहिरो आउँदा एकै परिवारका ५० वर्षीया धनमाया पुलामी, उनकी नातिनीहरु ७ वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएकी प्रहरीले जानकारी दिए ।

आज बिहानै आएको पहिरोमा घर पुरिएपनि हस्तबहादुर पुलामीको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । यस्तै, बेपत्ता भएका अन्य तीनै जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी टोली खटाइएको छ ।