मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
११ भदौा, रौतहट । मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भीमफेदी गाउँपालिका १ सानुटारमा आज बिहानै करिब ५ बजे ट्रक दुर्घटनामा परी ३० वर्षीय पुरुषको मृत्यु भएको छ, भने चालक र सह-चालक घाइते भएका हुन् ।
प्रहरी चौकी भैंसेका प्रहरी सहायक निरीक्षक सुरेन्द्र साहका अनुसार इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र-१-००२ ख ८७५९ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको हो ।
यस्तै, घाइते भएका चालक र सह-चालकको हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको साहले बताए ।






