सशस्त्र प्रहरीमा आजदेखि भर्ना हुने

   ११ भाद्र २०७८, शुक्रबार १२:१६  

११ भदौँ, रौतहट । सशस्त्र प्रहरीमा आजदेखि भर्ना हुने भएको छ ।

शुक्रबारदेखि खुलेको सशस्त्र प्रहरी बलले इन्स्पेक्टरदेखि मालीसम्मको भर्ना अगामी असोज १० गतेसम्म आवेदन दिन व्यवस्था गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ७५ जना, सहायक निरीक्षक (असई)मा १३७ जना र सशस्त्र जवानमा ७५५ जना जनाको भर्ना खुलेको छ, भने प्रहरी परिचरहरु ८८ जना भान्छे, १४ जना केश कर्तक, १३ जना कूचिकार, ७ जना सूचिकार, ४ चर्मकर्मी र २ जना मालीमा समेत भर्ना खोलिएको छ ।