सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट हुँदा १५ घाइते, ७ जनाको अवस्था गम्भीर

   ११ भाद्र २०७८, शुक्रबार ११:५२  

११ भदौँ, रौतहट । वीरगञ्जस्थित सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट हुँदा १५ जना कामदार घाइते भएका छन् ।

पर्सा जिल्लाको वीरगञ्जमा रहेको सर्वाेत्तम स्टिल कम्पनीमा बिहीबाार साँझ तातो फलाम पगाल्ने क्रममा भट्टीमा विस्फोट हुँदा घाइते भएका १५ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पग्लेको फलामको चोइटा उछिटिएर आगो लागेकै क्रममा कामदारहरुलाई समेत चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घाइते भएका अधिकांश कामदार भारतीय नागरिक हुन् ।

हाल उनीहरुको वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।