आज थप २,४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

   १० भाद्र २०७८, बिहीबार १७:३२  

१० भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ४ हजार ६ सय ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ८१ जनामा संक्रमण देखिएको छ । योसंगै हालसम्म नेपालमा संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९ सय १५ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा थप १ हजार ९ सय २९ संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या ७ लाख ५ हजार ८ सय ९३ पुगेको छ ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससहित हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार ६ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिए ।

यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ जना रहेका छन् ।