नेपालमा थपिए २,४८२ संक्रमित, ४४ जनाको मृत्यु
९ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टिा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार ७ सय ११ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ८ सय ६२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ५ हजार ५ सय ७९ जनाको एन्टिजेन परीक्षण विधिबाट ६ सय २० जनामा संक्रमण देखिएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप १ हजार ७ सय ८१ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
यसैबीच कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ ।






