भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

   ९ भाद्र २०७८, बुधबार १२:२६  

९ भदौँ, रौतहट । बाँकेमा उपचाररत दुई संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण बाँकेका एक जना र दाङका एक जनागरी दुई जनाले ज्यान गुमाएका हुन् ।

राप्ती सोनार गाउँपालिका वडा नम्बर ३ बाँकेको ४३ वर्षीय पुरुषको मंगलबार गएराति करिब ९ः३० बजेतिर उपचारकै क्रममा मृत्यु भएको हो । उनी कोरोना पुष्टि भएसंगै गत साउन २९ गते नै उपचारको लागि भेरी अस्पतालमा भर्ना भएका थिए ।

यस्तै, दाङका ८४ वर्षीय पुरुषको पनि हिजो राति ९ बजेतिर नै मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । कोरोना पुष्टि भएसंगै उनी यही भदौँ ५ गते अस्पतालमा भर्ना भएका थिए ।