अवैध रुपमा ल्याएको सामान वेवारिसे अवस्थामा बरामद
९ भदौँ, रौतहट । भन्सार छलेर ल्याएको अवैध सामान पर्सा प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट चोरी पैठारी गरी भारतबाट अवैध रुपमा ल्याउदैँ गरेको अवस्थामा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीलाई देखेपछि, सामान छोडेर तस्कर फरार भएका थिए । बेवारिसे अवस्थामा बरामद गरिएको सामानको मूल्य ५ लाख १ हजार रुपैयाँ बराबर रहेको छ ।
आवश्यक कारवाहीको लागि उक्त लत्ताकपडा भन्सार कार्ययल वीरगञ्जमा बुझाइएको छ ।






