करेन्ट लागेर एक बालकको मृत्यु

   ९ भाद्र २०७८, बुधबार १०:३९  

९ भदौँ, रौतहट । बर्दियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर २ पाताभार बस्ने अनिल थारुका ६ बर्षीय छोराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट करिब ६ सय मिटर दुरीमा रहेको सडकमा लत्रिएको विद्युतको तारलाई छुँदा करेन्ट लागेर बालक दिपने थारुको मृत्यु भएको प्रहरीले जनाए ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।