उपचारका लागि आएका पुरुषको अस्पतालको शौचालयमा शव फेला

   ८ भाद्र २०७८, मंगलवार १५:२७  

८ भदौ, रौतहट । उपचारका लागि कोशी अस्पतालमा आएका सुनसरीको इनरुवा बस्ने एक पुरुषको अस्पतालकै शौचालयमा शव फेला परेका छ ।

जिल्लाको इनरुवा नगरपालिका वडा नम्बर ३ बस्ने ६१ वर्षीय होमराज पोखरेलको कोशी अस्पतालको शौचालयमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ओपीडी भवनको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएका पुरुषको हातमा जिल्ला अस्पताल इनरुवाको ओपीडी पूर्जा भेटिएको छ । सुनसरीमा उपचार सम्भव नभएपछि, थप उपचारको लागि उनी कोसी अस्पतलामा आएका थिए ।

प्रहरीका अनुसार मृतकको साथमा मधुमेह लगायतका रोगका औषधिसमेत फेला परेको छ । हाल मृतकको शवलाई आफन्तको सम्पर्कमा लाग्न नसेको प्रहरीले जनाए ।