सानेपामा तीन बुँदे मागसहितको कांग्रेसका जिल्ला सभापतिहरुको धर्ना सुरु
८ भदौँ, रौतहट । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आज तीन बुँदे माग राख्दैँ धर्ना सुरु गरेको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबार बिहानै देखि क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने, निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायतका माग सहितको धर्ना राखिएको स्रोत जनाएको छ ।
स्रोतका अनुसार धर्नामा विभिन्न भातृ संगठनका पदाधिकारीहरु लगाएत वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिएका जिल्ला सभापतिहरुसमेत सहभागि भएका हुन् ।
मागहरु
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।
२. क्रियाशील सदस्यता तहगत निर्णय गरियको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।






