एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने
८ भदौँ, रौतहट । नेकपा एमालेको स्थायी समिटि बैठक आज दिउँसो ३ बजे बस्न लागेको छ ।
मंगलबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटि बैठक दिउँसो ३ बजेको लागि सारिएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बोलाइएको बैठकका तयारी पुरा नभएकाले ४ घण्टापछि बस्ने भएको स्रोतले जानकारी दिए ।
सोमबार पार्टी अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठक झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएका थिए ।
यस्तै, आज बस्ने बैठकमा तेस्रो धारका नेताहरू समेत सहभागी हुने स्रोतले जनाएको छ ।






