सुनचाँदीको मूल्य सस्तियो
journey fortech
६ भाद्र २०७८, आईतवार ११:५१
६ भदौँ, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज प्रतितोलामा ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आइतबार तेजावी सुनको भाउ तोलामा ९० हजार ४ सय रुपैयाँ तोकिएको महासंघले जनाए ।
त्यसैगरी, शुक्रबार १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज झरेर प्रतितोलामा १ हजार १ सय ८५ रुपैयाँमा बिक्री भइरहेको छ ।






