आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै
६ भदौँ, रौतहट । आज देशभर रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदैछ ।
हिन्दु धर्माबलम्बीहरुको महानपर्व रक्षाबन्धन एवम् जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ ।
आइतबार परेको जनैपूर्णिमाकै दिन दिदी बहिनीले दाजुभाईलाई राखी बाँध्ने परम्परा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ ।






