जन्मदिनको अवसरमा रमाउँदै; रेखा थापा
५ भदौँ, रौतहट । नेपाली चर्चित अभिनेत्री रेखा थापा आज जन्मदिनको अवसरमा रमाउँदै छिन् ।
वि.सं २०३९ भदौँ ५ गते मोरङको कोसी हरैचामा जन्मेकी रेखा थापा शनिबार परेको ३९ औँ जन्मदिनको अवसरमा रमाउँदैँ छिन् । नेपाली फिल्म क्षेत्रकी चर्चित्र अभिनेत्री ‘हिरो’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी थिइन् ।
उनी अभिनित ‘हिरो’ देखि यता मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिका, दर्शकमाझ लोक प्रिय बनेका फिल्म हुन् । रेखा धेरैजसो फिल्ममा एक्सन अवतारमा देखिएकी छन् ।






