कञ्चनपुरबाट चार किलो चरेससहित तीन जना पक्राउ
५ भदौँ, रौतहट । कञ्चनपुरबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
कृष्णपुरका गगन धामीको घर पाहुना आएका धनगढी उपमहानगरपालका ७ बस्ने २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका २ निवासी ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय झलक जाग्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाहुना आएका तीनै जनाले चरेसको ओसारपसार गरेको भन्दैँ खबर प्राप्त हुनसाथै खटिएको प्रहरी टोली शुक्रबार अपराह्न नै धामीको घर पुगेको थियो । धामीको घर पुगेका प्रहरी टोलीले घरमा तलासी गर्दा ४ किलो ४९० ग्राम चरेससहित उनीहरुलाई पनि पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पक्राउ परेका तीनै जनामाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






