कञ्चनपुरबाट लागूऔषध र डेढ लाख नगदसहित एक जना पक्राउ
४ भदौ, रौतहट । कञ्चनपुरबाट लागूऔषध र झण्डै डेढ लाख नगदसहित एक जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका १२ ऐरीबाट सोही नगरपालिका बस्ने २० वर्षीय सुदर्शन भारतीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार भारतीको साथबाट १ लाख ४१ हजार रुपैयाँ, १४।६७ ग्राम खैरो हिरोइन र ८।५० ग्राम चरेश बरामद छ ।
लागूऔषधसहित पक्राउ परेको भारतीमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






