सिरहाबाट ब्राउनसुगरसहित ३ जना पक्राउ

   ४ भाद्र २०७८, शुक्रबार १०:४२  

४ भदौ, रौतहट । सिरहाबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागूऔषधसहित पक्राउ पर्नेमा लहान वडा नम्बर २४ मनिकदहका १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्बर ५ बस्ने २५ वर्षीय दीपेन्द्र यादव र सोही स्थान बस्ने ५२ वर्षीय रामदेव यादव रहेको सिरहा प्रहरीका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले तीनै जनलाई लहान नगरपालिका वडा नम्बर ५ बात हिरासतमा लिएको हो । उनीहरुको साथबाट ८ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानमा राखेर पक्राउ परेका तीनै जनामाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।