बर्दियाबाट १६ टन अवैध केराउ बरामद
३ भदौ, रौतहट । भन्सार छलेर भारततर्फ लैजादैँ गरेको अवस्थामा बर्दियाबाट १६ हजार मेट्रिक टन केराउ प्रहरीले बरामद गरेको छ ।
बिहीबार बिहान साईकलमा बोकेर नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा तस्करहरुले प्रहरी टोलीलाई देखेपछि उनीहरुले अ आफ्नो साइकल छोडी भाग्न सफल भएका बर्दियाका एसपी ईश्वर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको हो ।
वेवारिसे अवस्थामा बरामद भएको केराउ राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको प्रहरीले जनाएको छ ।






