अध्यादेशविरुद्ध सर्वोच्चमा ५ वटा रिट दर्ता
३ भदौ, रौतहट । सरकारले अध्यादेश जारी गरेको भन्दैँ आज सर्वाेच्च अदातलमा कानुन व्यवसनयीहरु पुगेका छन् ।
दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धि ल्याएको अध्यादेशको विरुद्ध बिहीबार बिहान सर्वाेच्चमा रिट निवेदन लिएर प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुषाल लगाएत अन्य अध्विक्ताहरु पुगेका हुन् । सर्वाेच्चमा पुगेका अध्विक्तहरुले रिट दर्ता गराइसकेका स्रोतले जानकारी दिए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलवार राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रतपति समक्ष सिफारिस गरेको थियो । सिफारिस भएको भोलिपल्ट नै यही भदौ २ गते (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।






