१८ किलो गाँजासहित एक जना पक्राउ
१ भदौ, रौतहट । काठमाडौँबाट गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका ५ स्थित थलीबाट प्रहरीले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ९ घर भएका ४२ वर्षीय संजिव राईलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार थली स्थित मिलनचोकमा डेरामा गरी बस्दैँ आएको राईले गाँजाको कारोबार गरेको सूचनाका आधारमा उनलाई सोमबार नै पक्राउ गरिएको थियो । लागूऔषध गाँजाको बेचबिक्रि गरेको खबर प्राप्त हुनसाथै महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले राईलाई १८ किलो गाँजासहित हिरासतमा लिएको प्रहरीले बताए ।
उनीमाथि यसबारे थप अनुसन्धान भइरहेको महानगरिय प्रहरीले जनाएको छ ।






