बालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ

   १ भाद्र २०७८, मंगलवार १३:२१  

१ भदौ, रौतहट । १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक वृद्ध पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ बस्ने ६५ वर्षीय चन्द्रमणि पाण्डेलाई पक्राउ गरेको हो ।

ब्राखा चराउन गएकी ती बालिकालाई पाण्डे जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पीडित बालिकाका आफन्तहरुले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई सोमबार दिउँसो नै हिरासतमा लिएको प्रहरीले जनाए ।

पक्राउ परेका उनीमाथि घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।