नेपालमा थपिए ३,४५१ संक्रमित, ३५ जनाको मृत्यु

   ३२ श्रावण २०७८, सोमबार १६:५१  

३२ साउन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार विगत २४ घण्टामा १० हजार ९३ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ हजार ५ सय ६६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ५ हजार ५ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण देखिएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा थप २ हजार ४ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने नेपालमा यससहित संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ लाख ८५ हजार १ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा थप ३५ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म देशभर संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार ३ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ३९ हजार ३ सय ७१ कोरोना संक्रमित उपचाररत रहेका हुन् ।