कैलालीमा १०० मिटर बग्यो हुलाकी सडक, वैकल्पिक बाटो प्रयोग गर्दाै स्थानीय

   ३१ श्रावण २०७८, आईतवार ११:४२  

३१ साउन, रौतहट । मनसुन संक्रिय भएसंगै लगातार भइरहेको वर्षाका कारण कैलालीको भजनी नगरपालिका ५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको छ ।

साउन २८ गते (बिहीबार) रातिदेखि नै भइरहेको अविरल वर्षाका कारण कान्द्रा नदीमा आएको बाढीको बहाव बढेसंगै हुलाकी सडक करिब १०० मिटर बगाएको छ ।

नदीमा आएको बाढीले लालबोझीको करिब १०० मिटर भन्दा बढी सडक बगाउँदा स्थानीहरुले खेतमा बनाइएको आलीबाट हिँडडुल गर्ने बाध्य भएका छन् । हुलाकी सडक बगाएपछि, स्थानीयहरुले हाल वैकल्पिक बाटो प्रयोग गरिरहेका छन् ।