कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
२९ साउन, रौतहट । कैलालीमा ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएका छ, भने सहचालक घाइते भएका छन् ।
दुर्घटनामा परी बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ बचपानी घर भएका ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझ नै दुर्घटना हुदाँ महरा गम्भीर घाइते भएका थिए ।
घाइते महरालाई उपचारको लागि सेती प्रादेशिक अस्पतालमा ल्याएपनि बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
यस्तै, दुर्घटनामा परी सामान्य घाइते भएका बैतडीकै सुर्नया गाउँपालिका वडा नम्बर ५ निवासी पंकज मडैको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






