जंगली हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

   २८ श्रावण २०७८, बिहीबार १३:५१  

२८ साउन, रौतहट । जंगली हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कोशी गाउँपालिका वडा नम्बर ४ खत्वे टोल बस्ने ५५ वर्षीय रामेखङ्ग खत्वेलाई बिहीबार बिहान जंगली हात्तीले आक्रमण गरेको थियो ।

आज बिहान उठेर शौचालय गएका उनलाई आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । कोशी टप्पु वनजन्तु आरक्ष छेउमा रहेको खत्वे टोल निवासी उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार मृतक शवलाई पोष्टमार्टमको लागि इनरुवा अस्पतालमा पठाइएको छ ।