उदयपुरमा आज बिहान ४.३ रेक्टरको भूकम्प
२८ साउन, रौतहट । उदयपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर आज बिहान भुकम्पको धक्का महसुस गरिएको हो ।
बिहीबार बिहान ९ः५४ बजेतिर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जानकारी दिए ।
२०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो, भने नयाँ भूकम्प छ, भन्ने बारेमा अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए ।






