घरायसी विवादका कारण श्रीमतीको हत्या

   २८ श्रावण २०७८, बिहीबार १२:२५  

२८ साउन, रौतहट । मकवानपुरको हेटौँडा घर भई काठमाडौँको चाबहिल बस्दै आएका राम श्रेष्ठले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बुधबार राति श्रीमतीसंग घरायसी विवादका कारण भएको झगडा चर्काेपछि, ३९ वर्षीय राम श्रेष्ठले आफ्नै पत्नी २३ वर्षीय रञ्जना तामाङलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार हत्या गरेपछि श्रेष्ठले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । हत्या गरेको खबर प्राप्त हुनसाथै घटनास्थलमा पुगेका प्रहरी टोलीले कोठाभित्र पुग्दाँ चुकुल लगाएर बसेको अवस्थामा श्रेष्ठलाई र ओछ्यानमा रञ्जना तामाङको शव फेला परेको जनाए ।

पक्राउ परेका श्रेष्ठले आफूले श्रीमतीको घाँटी थिचेर हत्या गरेको स्वीकारेको गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले जानकारी दिए ।

उनीमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रञ्जना ६ महिनाकी गभर्वती समेत थिइन् ।