चट्याङ लागेर दुईको मृत्यु, ६ जना घाइते

   २८ श्रावण २०७८, बिहीबार १०:५२  

२८ साउन, रौतहट । गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ, भने ६ जना गम्भी घाइते भएका छन् ।

चट्याङ लागेर ज्यान गुमाउनेमा जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ बस्ने ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिका वडा नम्बर २ निवासी २८ वर्षीय कमल प्रतेल रहेको प्रहरीले जनाएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएको राहुललाई गुल्मी अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी जनाए । यस्तै, घाइते भएका प्रतेललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको गुल्मी प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार चट्याङ लागेर घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको छ ।