जापान सरकारले सहयोग गरेको एस्ट्राजेनेका खोप काठमाडौँ पुग्यो

   २३ श्रावण २०७८, शनिबार ११:४४  

२३ साउन, रौतहट । कोरोना महामारीका बेला जापान सरकारले प्रदान गरेको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स परियोजना अन्तर्गत जापान सरकारले सहयोग गरेको ३ लाखभन्दा बढी कोरोनाविरुद्धको खोप काठमाडौँ आइसकेको छ । नेपाललाई १६ लाख डोज कोरोना खोप जापान सरकारल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सोही योजना अनुसार ३ लाखभन्दा बढी एस्ट्राजेनेका खोप लिएर कतार एयरवेजको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।