भारतमा थपिए ४४ हजार कोरोना संक्रमित
द नेपाल मिडिया
२२ श्रावण २०७८, शुक्रबार १३:००
२२ साउन, रौतहट । पछिल्लो एक सातादेखि भारतमा फेरि संक्रमण दर बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ४४ हजार जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, वितेको २४ घण्टामा थप ४१ हजार ९६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । भारतमा हाल ४ लाख १४ हजार १ सय ५९ कोरोना संक्रमित उपचाररत रहेका हुन् ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)का संक्रमणका ाकरण पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनाले ज्यान गुमाएका छन् ।






