विश्वभर कोरोनाका कारण ४१ लाख ३४ हजारभन्दा बढीको मृत्यु
८ साउन, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण हालसम्म ४१ लाख ३४ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।
सन् २०१९ को चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस हालसम्म तीव्र रुपमा फैलिनै रहेको छ । भाइरसको संक्रमित बढेसंगै विभिन्न भेरियन्टका भाइरसहरु पनि देखा परेका छन् ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट हालसम्म ४१ लाख ३४ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ, भने १९ करोड २५ लाख १६ हजार ३ सय ८७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
तीव्र रुपमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकमा अमेरिकाको नाम आउने गर्छ । अमेरिकामा हालसम्म ६ लाख १० हजार १ सय ९० जनाले (कोभिड १९)बाट ज्यान गुमाइसकेका छन् ।
यस्तै, दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख ४७ हजार १६ जनाले ज्यान गुमाइसकेका हुन् । त्यसैगरी, भारतमा पनि भाइरसबाट ज्यान गुमाउनेको संख्या अत्याधिक नै रहेको छ । हालसम्म भारतमा ४ लाख १८ हजार ९ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै, कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट मेक्सिकोमा २ लाख ३७ हजार ६२६, पेरुमा १ लाख ९५ हजार २४३, रुसमा १ लाख ४९ हजार १२, बेलायतमा १ लाख २९ हजार २६६, इटालीमा १ लाख २७ हजार ९२० र कोलम्बियामा १ लाख १७ हजार ८३६ जनाको ममृत्यु भइसकेको छ । एजेन्सी






