अमेरिकी खोप लगाउन शुरु

   ४ श्रावण २०७८, सोमबार १२:२३  

४ साउन, रौतहट । कोरोनाविरुद्धको अमेरिकी खोप आज (सोमबार)बाट लगाउन शुरु भएको छ ।

अमेरिकाबाट प्राप्त भएको कोरोना खोप लगाउने कार्याक्रम जोरपाटीबाट प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका हुन् ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने कार्यतालिका रहेको छ। यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूर्त याण्डी बेरी पनि सहभागी थिए ।