युरोपको पश्चिमीमा भीषण बाढी, १५० को मृत्यु सयौं बेपत्त्ता
३ साउन, रौतहट । युरोपको पश्चिमी क्षेत्रमा आएको भीषण बाढी कारण हालसम्म १५० जना भन्दा बढीको मृत्यु भएको छ । मानिहरुलाई खोेज्न उद्धारकर्मीहरुलाई पनि चुनौती नै छ ।
जर्मनी र बेल्जियममा रेकर्डस्तरको वर्षापछि आएको भीषण बाढीमा सयौं लापत्ता छन् । स्विटजरल्याउड, लग्जमबर्ग र नेदरल्याण्डमा पनि भारी वर्षा भएको छ ।
नेदरल्याण्डमा प्रधानमन्त्री मार्क रुटेले देशको दक्षिणी विभागमा आपकालको घोषणा गरेका छन् ।

यो त्रासदीका लागि जलवायु परिवर्तनलाई युरोपेली नेताले मुख्य जिम्मेवार बताएका छन् । विशेषज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण मूसलधारे सम्भावना बढ्दै गइरहेको छ ।
ओद्योगिक युगको सुरुवातपछि संसारभरकिो तापक्रम हालसम्म १.२ डिग्री सेल्सियस बढेको छ । जर्मनीका राष्ट्रपति फ्रेन्क वाल्टर स्टेनमायरले शनिबार बाढीबाट प्रभावित इलाकाको भ्रमण गरेका थिए । जर्मनीमा हालसम्म १०० भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । वाल्टमायरले विध्वंस देखेर आफु हैरान भएको बताए ।

शुक्रबार भारी वर्षा कारण पैदा भएको स्थितिका कारण उद्धारकार्य पनि प्रभावित भइरहेको छ । फोन सम्पर्क समेत प्रभावित भएको छ । सडकहरु पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् भने एक लाखभन्दा बढीको घरमा बिजुली छैन । वर्षा कारण सबैभन्दा बढी उत्तरी प्रान्त प्रभावित भएको छ ।
राइन पेस्टफालिया, राइनल्याण्ड–पालाटिनेट र सारल्याण्ड बढी प्रभावित भएका छन् । अधिकारीका अनुसार राइनल्याण्ड–पालाटिनेटको अर्हवीलर जिल्लामा शुक्रबार १३ सयभन्दा बढी मानिस बेपत्त्ता भएका छन् । यद्यपी, यो आँकडा हरेक घण्टा घटी रहेको अधिकारीहरुले बताए ।
फोटो : ऐजेन्सी






