पाकिस्तानमा बस विस्फोट, करिब ८ को मृत्यु

   ३० असार २०७८, बुधबार १५:३५  

३० असार, रौतहट । पाकिस्तानको उत्तरी सुदूर इलाकामा बुधबार एक बसमा बिस्फोट हुँदा करिब १० जनाको मृत्यु भएको छ ।

बसलाई निसाना बनाई गरिएको आतकीं हमलामा परि ६ चिनी नागरिक र एक पाकिस्तानी सैनिक गरि करिब १० जनाको मृत्यु भएको छ ।बिस्फोटको कारण हाल स्पष्ट भएको छैन ।

‘बिस्फोट पछि बस खाल्डोमा खस्यो र भारी नुकसान भयो । एक चीनी इंजीनियर र एक सैनिक लापता छन् । बचाव र खोज अहिले जारी छ ।’ एक वरिष्ठ अधिकारीले बताए ।

अधिकारीका अनुसार बिस्फोट सडक किनारमा राखिएको कुनै उपकरणका कारण भएको हो वा बसभित्र नै बिस्फोट भएको भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।

हजारा क्षेत्रको एक अन्य अधिकारीले यो बस ३० चिनियाँ इन्जिनियरलाई डासू ड्याम (डासू बाँध) सम्म लैजाने क्रममा दुर्घटना भएको थियो ।