दक्षिण अफ्रिकामा झडप , ३० जनाकाे मृत्यु
२९ असार, राैतहट । दक्षिण अफ्रिकी पूर्ब राष्ट्रपति ज्याकब जूमा प्रहरी समक्ष आत्मसमपर्ण गरेपछि बिकसित घटनाक्रममा ३० जनाको मृत्यु भएको छ ।
जूमा समर्थक सडकमा बिरोध प्रदर्शन गरेपछि प्रहरीसँगको झडपमा ३० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कम्तिमा ८०० प्रदर्शनकारी पक्राउ परेका छन् । पूर्ब राष्ट्रपति जूमा प्रहरी समक्ष आत्मसमपर्ण गरेपछि सुरु भएको बिरोध प्रदर्शन हिंसाको रुप लिएको छ । राजमार्ग अबरुद्ध गरिएको छ । पसलहरु लुटिएका छन् । सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीलाई सघाउन सेना समेत परिचालन गरिएको छ ।
हिंसाले जूमाको गृहनगर क्वाजुलु–नेटल र गौटेङ्ग प्रान्त बढी प्रभाबित छन् ।






