असार १७ गतेदेखि आन्तरिक उडानको तयारी
१४ असार, रौतहट । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका हवाई सेवा कम्पनीहरुले असार १७ गतेदेखि आन्तरिक उडानको तयारी गर्ने थालेका छन् ।
संक्रमितको संख्यामा कमी आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी उडानको तयारी गरिरहेको हो । तर, हाल अर्को आदेश जारी नभएसम्मका लागि असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई निर्देशन दिएको छ ।
बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको हो, भने यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन-तीन उडान स्वीकृति दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जानकारी दिए ।






