थप ५१ जनामा कोरोना पुष्टि

   ९ आश्विन २०७९, आईतवार १७:४५  

९ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार २ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ४० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा १ हजार ८ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५ सय ४४ पुगेको छ ।

त्यसैगरी, यो अवधिमा थप १ सय जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार २ सय २३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।