स्रोत नखुलेको रकमसहित कैलालीबाट एक जना पक्राउ

   २८ भाद्र २०७९, मंगलवार १७:२५  

२८ भदौँ, कैलाली । स्रोत नखुलेको रकमसहित कैलालीबाट एक जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका १८ का ३२ वर्षीय हिरा बिकलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा खटिएको टोलीले बिकको घरमा खानतलासी गर्ने क्रमा गहुँ राख्ने भकारीमा स्टिलको बाल्टीमा लुकाईछिपाई राखेको अवस्थामा ८ लाख भारतीय रुपैयाँ बरामद गरिएको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

घर तलासीको लागि प्रहरी आइरहेको भने थाहा पाएलगत्तै बिक फरार भएका थिए । घरबाट भागेका बिकलाई धनगढी उपमहानगरपालिकाको बेहडाबाबाबाट नियन्त्रणमा लिएको छ । प्रवक्ता जोशीका अनुसार भारतमा काम गर्ने गरेका उनी उतैबाट चोरेर ल्याएको पैसाँ घरमा लुकाईछिपाई राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।