सिट बाँडफाँटको विषयमा बालुटावारमा गठबन्धनको बैठक जारी

   २७ भाद्र २०७९, सोमबार १३:०२  

२७ भदौँ, रौतहट । सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको स्रातेले जनाएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफलको लागि आज बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसेको छ । सरकारी निवासमा जारी बैठक सिट बाँडफाँटमा केन्द्रित रहेको छ ।

सोमबार शीर्ष नेताहरुको बसेको बैठकले कार्यदलले दिएको सुझावकै आधारमा सिट बाँडफाँट हुने बताइएको छ । यस्तै, स्रोतका अनुसार आइतबार सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन दयगत छलफल भएको थियो ।