बाघको आक्रमणबाट ६८ वर्षीय वृद्धको मृत्यु

   २७ भाद्र २०७९, सोमबार ११:०२  

२७ भदौँ, चितवन । बाघको आक्रमणबाट चितवनको माडी नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट माडी नगरपालिका २ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । सामुदायिक वनमा आज बिहान वृद्धको शव फेला परेको चितवनका प्रहरी प्रवक्ता नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

प्रवक्ता पण्डितका अनुसार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारी शनिबारदेखि बेपत्ता भएका थिए । हिजोदेखि बेवत्ता भएका वृद्धको खोजी गर्ने क्रममा मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।