दार्चुलामा बाढीले १३ घर बगायो, ४ जना बेपत्ता

   २५ भाद्र २०७९, शनिबार ११:११  

२५ भदौँ, दार्चुला । दार्चुलाको लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ भने बाढीमा परेर ४ जना बेपत्ता भएका छन् ।

शुक्रबार रातिदेखि भएको भारी वर्षाको कारण दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीमा महाकाली नगरपालिकाका दुई जना र नौगाड गाउँपालिकाका दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढीले लास्कु खोलामा बनाइएको झोलुङ्ग पुल समेत बगाएको छ । प्रहरीका अनुसार बाढीमा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

यस्तै, बाढीमा परेर बेपत्ता भएका चारै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।