सवारी दुर्घटनामा परेर मोटरसाइकल चालको मृत्यु

   २१ भाद्र २०७९, मंगलवार १६:४०  

२१ भदौँ, सुनसरी । सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परेर मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ को २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको दुहबी नगरपालिका ३ स्थित फुटानी चोकमा को १ च ७१८६ नम्बरको ग्यास बोकेको पिकअप गाडीले प्रदेश नं.१-०४-००१ प ८१३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करले गम्भीर घाइते भएको मण्डललाई उपचारका लागि विराटनर्सिङ होममा ल्याएपनि उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएाको छ ।

यस्तै, मोटरसाइकलको पछाडि सवार भएका सोही स्थानका १६ वर्षीय चक्र देव घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएको देवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात् ठक्कर दिने फिकअपसहित चालक दुहवी ८ का वीरनारायण चौधरीलाई हिरासतमा लिई घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।