नक्कली नोट बनाउने सामाग्रीसहित सर्लाहीबाट एक जना पक्राउ
१९ भदौँ, सर्लाही । नक्कली नोट बनाउने कागजको बन्डलसहित सर्लाहीबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भई हाल काठमाडौँ बस्दैँ आएका ३२ वर्षीय हिरामान लामा रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सर्लाहीको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरीले उनलाई हिरासतमा लिएको छ ।
निजको साथबाट ६९ वटा बन्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागज र कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ बरामद भएको छ ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






