लोबल गोरखा समाजले गरे ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

   ११ असार २०७८, शुक्रबार ११:३६  

११ असार, रौतहट । कोरोना संक्रमणका बेला जिल्लाका विभिन्न स्थानीय तहमा रहको स्वास्थ्य संस्थाहरुका लागि ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री लोबल गोरखा समाजले सहयोग गरेको छ ।

कोरोना संक्रमणका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समाजले ४० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।

आवश्यकताको पहिचान गरी स्थानीय तहमार्फत पालिकाको स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको समाजका अध्यक्ष विनय अधिकारीले जानकारी दिए ।