बालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता
द नेपाल मिडिया
८ भाद्र २०७९, बुधबार १०:४८
८ भदौँ, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएपछि अध्यक्ष ओली सरकारी निवास बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला ओलीलाई प्रधानमन्त्री देउवाले आज बालुवाटारमा बोलाएका छन् ।
यस्तै, स्रोतका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको विषयमा छलफल हुने बताएको छ ।






