आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदैँ

   ३ भाद्र २०७९, शुक्रबार १०:५५  

३ भदौँ, रौतहट । आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदैँ छ ।

भगवान विष्णुको ८ औँ अवतारको रुपमा द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरात १२ बजे भगवान कृष्णा जन्मेका थिए ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म उत्सवमा व्रतालुहरु रातभर जाग्रममा बसेर श्रीकृष्णाको आराधना गर्ने चलन रहेको ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।